काठमाडौं – मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । प्रधानन्त्री ओली मन्त्रीहरुको लिष्ट बोकेर शीतल निवास पुगेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ गराउने तयारी भएकाले त्यसैको प्रक्रिया मिलाउन प्रधानमन्त्री शितलनिवास गएको जानकारी दिए ।
राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।
मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुर्नगठन गर्ने भन्दै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई सुझाव दिएका थिए ।
सचिवालय बैठकले पाँच मन्त्रीलाई बिदा दिने र केहीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्नेछ । नयांँ मन्त्रीको सपथ पनि बुधवार साँझ गर्ने तयारी छ ।
सचिवालयबाट उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, भौतिकमन्त्री रघुविर महासेठ, भुमिसुधारमन्त्री पद्मा अर्याललाई मन्त्रिपरिषदबाट बिदाई गर्ने तयारी छ । यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् ।
संचारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईलगायत मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी छ । त्यस्तै नयाँ मन्त्रीका लागी सुरेन्द्र पाण्डे,पम्फा भुषाल, रामेश्वर राय यादव, घनश्याम भुषाल, जनार्दन शर्मालगायतको सम्भावाना बढी छ ।




प्रतिक्रिया