काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेपछि संसदका राज्य व्यवस्था समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि बस्दै नबसी स्थगित भएको सांसद झपट रावलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा आज मन्त्रिमण्डल हेरफेर हुने भएकाले कुनै पनि औपचारिक कार्यक्रममा नजान निर्देशन दिएका थिए ।
समितिको बैठक विशेष कारण भन्दै स्थगित गरिएको हो । यो बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्ने विषय थियो ।




प्रतिक्रिया