नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । मन्त्रिमण्डल पुर्नगठनको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल हुनेछ ।

सचिवालय बैठकअघि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् । सचिवालय सदस्य पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छैनन् ।

 मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुर्नगठन गर्ने भन्दै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई सुझाव दिएका थिए ।