नवनिर्मित प्रहरी चौकी कुमरीको कार्यालय भवन उद्‍घाटन

नवनिर्मित प्रहरी चौकी कुमरीको कार्यालय भवन उद्‍घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी कुमरी नुवाकोटको नवनिर्मित भवनको उद्‌घाटन गरेका छन् ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको निरीक्षण समेत राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको कुल १ करोड २० लाख ६८ हजार ६ सय ५ रुपैयाँ ३७ पैसा सहयोगमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनाल, संघीय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख, स्थानीय तहका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, विभिन्न विद्यालयका शिक्षकहरु, स्थानीय बासिन्दाहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।