नेपालमा मन्त्रिमण्डल पुर्नगठनको चर्चा, भारतमा के गर्दैछन् उपेन्द्र यादव ?

नेपालमा मन्त्रिमण्डल पुर्नगठनको चर्चा, भारतमा के गर्दैछन् उपेन्द्र यादव ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा मन्त्रिमण्डल पुर्नगठनको चर्चा भइरहेका बेला उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवमा भेटघाटमा व्यस्त छन् । उनले भारतीय जनता पार्टीका महासचिव राम माधवलाई भेट गरेका हुन् ।

दुई नेताबीच बुधबार बिहान नयाँदिल्लीमा भेटघाट भएको राममाधवले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनीहरूबीच के(के कुराकानी भयो भन्ने खुलाइएको छैन ।

करिब तीन महिनादेखि बोलचाल बन्द भएपछि प्रधानमन्त्री ओलीले यादवलाई मन्त्रीबाट हटाउने जनाऊ तीन साताअघि नै दिइसकेका थिए । तर यहीबीचमा यादव सोमबार भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका थिए ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन भन्दै दिल्लीतर्फ लागेका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठक सकिएलगत्तै उनी दिल्लीतर्फ लागेका उनले राजनीतिक भेटघाट तीव्र बनाएका हुन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि व्यवस्थापनसम्बन्धी तीन दिने कार्यक्रमा भाग लिन भारततर्फ लागेका उनी आगामी शुक्रबारसम्म भारतमै रहने छन् ।

पाँच दिनसम्म दिल्लीमा रहँदा उनले त्यहाँ राजनीतिक भेटघाट थालेका हुन । यादवले तत्काल सरकार छोड्ने मनस्थितीमा छैनन् ।