विराटनगर – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरीसहित तीनजना सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गर्नेमा मोरङ जिल्ला सेक्रेटरी नवराज नेपाल, विराटनगर नगर सदस्य माधव पन्त र सन्दीप सापकोटा रहेका छन् ।
विराटनगरस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुले ‘विप्लव’ समूह परित्यागको घोषणा गरेलगत्तैउनीहरुलाई सत्तारुढ नेकपा प्रदेश–१ का सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर अध्यक्ष सागर थापालगायले फूलको गुच्छा र अविरमालाले स्वागत गर्दै पार्टीमा प्रवेश गराए ।




प्रतिक्रिया