काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले पाएका छन् । बुधबार बसेको बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधान अनुसार आलोपालो प्रणालीअनुसार महतोलाई जिम्मेवारी दिइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, उक्त बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया