काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ती अमेरिकी संग्रहालयमा

काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ती अमेरिकी संग्रहालयमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘‘यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मुर्तिको फोटो राख्दै ट्वीट गरेकी छन्।

उक्त मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको स्टोलन इमेजेज अफ नेपाल पुस्तकमा छापिएको थियो। उक्त मुर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो।

कमलको फूलमा उभिएको उक्त मुर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ। मुर्तिको दायाँ भागले भगवान विष्णुको प्रतिनिधित्व गर्छ भने बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुकी श्रीमती) को प्रतिनिधित्व गर्छ। १५ ‍औं सताब्दीमा बनेको उक्त मुर्ति सन् १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन्। याे खबर नागरिक दैनिकमा छ ।