सरकार भव्य सफल, मन्त्री असफल!

सरकार भव्य सफल, मन्त्री असफल!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद्‌मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जुन–जुन कामका लागि आत्मप्रशंसा गरेका थिए, तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै बिदा गरेका छन्।

यसको प्रस्ट सन्देश छ आफैँले प्रस्तुत गरेका सफलताका सूचकमा प्रधानमन्त्री स्वंलाई शंका छ । हाल बहिर्गमनमा पर्ने रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणि खनाल र थममाया थापा मन्त्री रहेका मन्त्रालयले गरेका कामको प्रशंसा गर्दै ओलीले सरकारले गरेका उपलव्धिमूलक काम भनेका थिए। याे खबर नयाँ पत्रिका दैनिकमा छ ।