प्रधानमन्त्रीको आलोचनाः गोकर्ण र लालबाबुलाई नराम्रो देख्नेले गोकुललाई राम्रो देखेछ !


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गरेपछि सरकारको व्यापक आलोचना हुन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रालाई हैन हाम्रालाई प्राथमिकता दिएको भन्दै आम सर्वसाधारणले यसलाई अस्वीकार्य भनेका छन् । मन्त्रीपरिषद हेरफेर भएको विषयलाई लिएर सामाजिक सञ्जाल तात्तिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव लगायत समृद्धिको बाटोमा लम्किरहेका मन्त्रीहरुलाई हटाइएकोमा फेसबुक, ट्वीटरमा व्यापक असन्तुष्टि जनाएका छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी वीना मगरको निरन्तरतालाई प्रश्न उठाएका छन् भने केहीले सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको निरन्तरताको अर्थ खाजेका छन् ।
ट्वीटरमा कसले के लेखे ?

सुफल काफ्लेले लेखेका छन, ‘वीना मगर राम्रो काम गरेकाले यथावत् राख्ने । गोकर्ण विष्टले नराम्रो गरेकाले हटाउने । थाहा भयो सरकारले किन काम गर्न सकेको रैनछ ।’

यस्तै आमोद सुवेदीले प्रश्न गरेका छन्, ‘श्रममन्त्री गोकर्णज्यूलाई हटाउनु नै पर्ने कारण चाहिँ के परेछ ?’

ट्वीटरमै अमृत दुलालले लेखेका छन, ‘सरकारको मूल्याङ्कनमा ‘गोकर्ण बिष्टलाई असफल मन्त्री, वीना मगरलाई सफल मन्त्री ।’

यस्तै फेसबुकमा कमल गौतमले लेखेका छन्, लालबाबु पण्डित र गोकर्ण विष्टलाई अयोग्य देख्ने सरकारको आँखाले गोकुल बाँस्कोटा राम्रो देखेछ ।

त्यस्तै ट्वीरमा किरण देउजा लेख्छन्, ‘महिला मन्त्रीलाई विस्थापित गरेर महिला त परै जाओस् पुरुष नै आए । जसले महिला मन्त्रालय खान्न र चलाउन्न भन्न सकेनन् ? मुखैमा आएको पद किन छोड्नु हैन त ? हुन त महिला–पुरुष बराबर र समानताको कुरा जो छ ।’

फसबुकमा दीप मिलनले विष्टलाई हटाइएकोमा असन्तुष्टि जनाउँदै लेखेका छन, ‘गोकर्ण विष्ट असफल भएको मन्त्री मण्डलमा बिना मगर, पद्मा अर्याल र उपेन्द्र यादवहरू सफल भएछन् । हार्दिक बधाई यी सफलहरूलाई ।’

देवेन्द्र ढकालले फेसबुकमा पात्रभन्दा प्रवृत्ति फेर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘कुनै बेला मन्त्री गोकर्ण विष्टको कार्यकुशलता, जनताको स्यावासी र मातृका यादव जस्ता हाक्की र निडर मन्त्री आज कता ! कता कहाँ अलमलमा परे खै !! यी र यस्ता उदाहरण धेरै छन् । फेरि पात्र फेरिँदैमा कायापलट हुन्छ भन्ने छैन तर पनि आशा र भरोसा गर्नुको विकल्प बाहेक के नै रह्यो ररु ३पात्रभन्दा प्रवृत्ति परिवर्तन होस् !! तबमात्र विकास र निकास निस्कन्छ कि ?’

त्यस्तै संविधान नमान्ने उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएको भन्दै सरकारको आलोचना भएको छ । संविधान मान्दिन भन्ने उपपेन्द्रलाई नै कानुन मन्त्रालयको जिम्मेवारी दिएको भन्दै आलोचना भएको हो । पत्रकार राजेश अहिराज लेख्छन्, ‘संविधान मान्दिन भन्ने नै कानुन मन्त्री भएको मुलुक ।’

प्रतिक्रिया दिनुहोस
Advertisement