दुई जना सचिवको सरूवा, गृह प्रवक्तामा शर्मा

दुई जना सचिवको सरूवा, गृह प्रवक्तामा शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दुई जना सचिवको सरूवा तथा पदस्थापन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव दीपक सुवेदीलाई सञ्चार मन्त्रालयमा सरूवा गरेको हो।

केहीदिन अघि सचिवमा बढुवा भएका रामकृष्ण सुवेदीलाई दुई नम्बर प्रदेशको सचिवमा पदस्थापन गरिएको छ।

रामकृष्ण सुवेदी गृह मन्त्रालयको प्रवक्ता रहँदा सचिवमा बढुवा भएका थिए । उनी बढुवा भएपछि गृह प्रवक्ताको जिम्मेवारी सहसचिव केदारनाथ शर्मालाई दिइएको छ ।