मन्त्रिमण्डल पुनर्गठनबारे बाबुरामले मुख खोले, उपेन्द्र यादव नेपाल आएपछि निर्णय गर्ने

मन्त्रिमण्डल पुनर्गठनबारे बाबुरामले मुख खोले, उपेन्द्र यादव नेपाल आएपछि निर्णय गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्रिमण्डल पुनर्गठनबारे आपत्ति जनाएका छन् ।

गोरखा सदरमुकाममा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सरकार पुर्नगठन गर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भए पनि सत्ता साझेदार दलहरुसँग छलफल नगरी एकलौटी गरेको आरोप लगाए ।

‘अहिलेका प्रधानमन्त्रीको कार्यशैली अत्यन्त स्वेच्छाचारी निरङ्कुश प्रवृत्तिको देखा पर्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘समाजवादी पार्टी यसअघि पनि सरकारमा थियो, अहिले पनि छ, तर हाम्रो पार्टी र पार्टीको नेतृत्व गरेर सरकारमा जानुभएका उपप्रधानमन्त्रीज्यूसँग पनि कुनै सल्लाह परामर्श नगरिकन, एक पक्षीय रुपमा जुन निर्णय गर्नुभएको छ, त्यो लोकतान्त्रिक मान्यता विपरीत छ ।’

प्रधानमन्त्रीले बुधबार मन्त्रीमण्डल पुर्नगठन गरी समाजवादीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय पनि परिवर्तन गरेका थिए

यसअघि उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवसँग सल्लाह नै नगरी कानून मन्त्रालयको जिम्मेवारी दिएको नेता भट्टराईको आरोप लगाए ।

एकलौटी रुपमा मन्त्रिपरिषद् पुनर्गठन भएको घटनाले दुखित भएको भन्दै भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादव दिल्लीबाट फर्केपछि सरकारमा बसिरहने कि बाहिरिने निर्णय हुने बताए ।