कमलपोखरीमा ‘अरबियन नाइट पार्टी’

कमलपोखरीमा ‘अरबियन नाइट पार्टी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कमलपोखरीस्थित १९९७ फुड स्टेसनमा ‘अरबियन नाइट पार्टी’ हुने भएको छ ।

शुक्रबार आयोजना हुने ‘अरबियन नाइट पार्टी’ मा सहभागी हुनेहरूले लाइभ म्युजिकको मज्जा लिनुका साथै डिजे सेसनको लाभ पनि उठाउन सक्नेछन् । त्यस्तै चर्चित बेली डान्सर नतासाको नृत्य पनि उक्त इभेन्टमा हेर्ने अवसर मिल्नेछ ।

साँझ ८ बजे प्रारम्भ हुने कार्यक्रम मध्यरातसम्म जारी रहने आयोजकले बताएको छ । इभेन्टमा सहभागिता जनाउनका लागि २ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जसमा १ बोटल वियर तथा अरबिक डिनरको व्यवस्था गरिएको छ ।

साप्ताहिकबाट