विदेशी लगानीमा फड्को, एक वर्षमा १५८ प्रतिशत बढ्यो 

विदेशी लगानीमा फड्को, एक वर्षमा १५८ प्रतिशत बढ्यो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ। लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब चार अर्ब रुपैयाँ भित्र्याएको छ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो। गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी प्राप्त गरेको  छ।

गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो। जुन त्यसअघिको आव २०७४र७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो। विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको हो। याे समाचार गोरखापत्र दैनिकमा छ ।