ओबामाले जासुसी गरे, हिलारीले झुठ खुलासाका लागि पैसा दिइन्: ट्रम्प

ओबामाले जासुसी गरे, हिलारीले झुठ खुलासाका लागि पैसा दिइन्: ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामामाथि आफ्नो जासुसी गराएको आरोप लगाएका छन् । ट्रम्पले एक च्यानललाई हालै दिएको अन्तर्वार्तामा ओबामा प्रशासनले २०१६मा उनको चुनावी अभियानको जासुसी गरेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘ओबामा प्रशासनमा आधुनिक समयको उपजबाट टेपिङ चाहे कुनै पनि तरिकाबाट होस्, तर ट्रम्प बिरोधी षडयन्त्र उच्च स्तरमा थियो ।’

अमेरिकाको न्यूज च्यानले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘म उक्त समयमा सरकारको सामना गरिरहेको थियो । उनीहरु(ओबामा र हिलारी) हाम्रो अभियानको जासुसी गरिरहेका थिए । मैले यस बारेमा धेरै पहिलेनै जानकारी दिइसकेको थिए । यस बारेमा एक ट्वीट पनि गरेको थिए । जसमा भनिएको थियो कि मेरो कुराकानी तथा बैठकको टेपिङ गरिरहेका छन् ।’

अन्तर्वार्ताको समयमा ओबामा स्यंम जासुसीमा संलग्न थिए भनि सोधिएको थियो । यसको विषयमा ट्रम्पले भने, ‘मलाई लाग्छ कि सबैभन्दा उच्च स्तरका मानिस समावेश थिए । भन्नलाई राम्रो लागिरहेको छैन, तर यो लाजमर्दो कुरा हो । उनीहरुलाई लागेको थियो कि म जित्नेवाला थिए । यसैले उनीहरुलाई लाग्यो कि ट्रम्पलाई कसरी रोक्ने भनेर । उनीहरुले भुठ्ठा तथा फर्जी फाइल बनाए ।’

संसदमा आफ्नो बिरुद्ध चलिरहेको महाअभियोगको सुनुवाईको विषयमा ट्रम्पले डेमोतर््याटलाई हाँसोमा उडाउँदै भने, उनीहरु सबै चर्चामा मुर्ख लागिरहेका छन् ।’