पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरीको मौनताको चर्चा किन ?

पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरीको मौनताको चर्चा किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजको मौनता पछिल्ला दिनमा चर्चाको विषय बनेको छ ।

मरियम नवाज आफ्नो पार्टी पाकिस्तान मुश्लिम लीग–नवाजकी सबैभन्दा प्रखर नेतामध्ये एक हुन् र उनी खुलेर आफ्नो परिवारमाथि लागेको आरोपको जवाफ दिँदै अएकी छन् । तर प्रधानमन्त्री इमरान खानले आफ्ना पितामाथि गर्दै आएको ताजा टिप्पणीपछि पनि मरियमकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रधानमन्त्री इमरान खानले भनेका थिए, ‘यस्तो लागिरहेको छ कि लन्डन जाने विमान देखेर नवाज सरिफको स्वास्थ्यमा सुधार आईरहेको छ ।’

भ्रष्टाचारको मामिलामा सजाय काटिरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई हालै मात्र अदालतबाट अनुमती प्राप्त भएपछि उपचारका लागि लन्डन लैजान लागिएको छ ।

यसैबीच मरियमको मौनताको विषयलाई लिएर उठेको प्रश्नमा उनको पार्टीले भनेको छ, ‘प्रधानमन्त्री इमरान खान यस्तै तरिकाले मरियमकी पिताको आलोचना गर्दै गए भने उनी चुप लागेर बस्ने छैनन् ।’

पाकिस्तान मुश्लिम लीग–नवाजका प्रवक्ता मरियम औरंगजेबले भनेकी छन्, ‘पूर्व प्रधानमन्त्रीकी छोरी आफ्नो पिताको बिमारीका कारण चिन्तित छन् ।’

मरियमका लागि पिता सबैभन्दा महत्वपूर्ण छन् र यसैले यो समय भनेको उनको स्वास्थ्यमा ध्यान दिनु आवश्यक भएको उनले बताइन् । जब उनी भावनात्मक रुपमा ठिक हुन्छिन् तब मात्र उनले आफ्नो मौनता तोड्ने प्रवक्ताले बताएकी छन् ।