सडक मर्मतका क्रममा घाइते सशस्त्र प्रहरीका जवानको निधन

सडक मर्मतका क्रममा घाइते सशस्त्र प्रहरीका जवानको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवाः पासाङल्हामु राजमार्ग मर्मतका क्रममा घाइते भएका सशस्त्र प्रहरी जवानको निधन भएको छ।

 

 

शनिबार गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा ढुंगा खस्दा घाइते भएका नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठको निधन भएको हो।

 

श्रेष्ठको टाउकामा चोट लागेकामा हेलिकप्टरबाट काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार गर्दागर्दै आइतबार निधन भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिए।