जलविद्युत आयोजनामा४५ केजी चरेस, दुई जना प्रहरी फन्दामा

जलविद्युत आयोजनामा४५ केजी चरेस, दुई जना प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ– प्रहरीले बझाङमा ४५ किलोग्राम (केजी) चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

 

 

नेपाल प्रहरीको प्रदेश नम्बर ७, प्रहरी अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले छबिसापथिभेरा गाउँपालिका–१ भाडे बजारस्थित तारुगाड लघुजलविद्युत आयोजनाको निर्माणाधिन पावर हाउसको हाताभित्र बिक्रीका लागि राखिएको चरेस बरमद गरेको हो। चरेससँगै ४७ हजार रुपैयाँ पनि बरामद भएको जनाइएको छ।

 

चरेससहित बझाङ सुर्मा गाउँपालिका ५ का गिठे बोहरा र सोही ठाउँका दीपक बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पक्राउ परेकाहरु जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेका छन्।