कार्यभार सम्हाल्दै उपेन्द्रले भने : प्रधानमन्त्रीको मायाले कानुन मन्त्रालयको जिम्मेवारी पाएँ

कार्यभार सम्हाल्दै उपेन्द्रले भने : प्रधानमन्त्रीको मायाले कानुन मन्त्रालयको जिम्मेवारी पाएँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन् ।

सोमबार मन्त्रालय पुगेर कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्रीको हातमा रहेको बताउँदै उनले प्रधानमन्त्रीको मायाले नै आफुले कानुन मन्त्रालयको जिम्मेवारी पाएको बताए ।

‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पठाउनुभएको हुनुपर्छ,’ यादवले पत्रकारहरूसँग भने, ‘सरकार छाड्ने निर्णयमा पार्टी पुगेको छैन । अहिले किन छाड्ने सरकार ?’

उनले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिम्मेवारी हेरफेर गरी कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।