दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल कम्युनिष्ट पार्टीले काम गर्नुको सट्टा कुरा मात्रै गरेर हिडेको आरोप लगाएका छन् ।
दाङको श्रीगाँउमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुरा मात्रै गर्ने र कामको सिन्को समेत नभाँच्ने पार्टी भएको आरोप लगाउँदै नेपाललाई समृद्धिको बाटोमा लैजाने तागत कांग्रेससँग मात्रै भएको बताए ।
उनले अहिलेको सरकारले दुईतिहाइको दम्भ देखाएर जनतालाई दुःख दिएको भन्दै उपनिर्वाचनमा कांग्रेसका उमेदवार केशवराज आचार्यलाई विजयी गराएर सरकारको दम्भलाई तोड्नु पर्ने समय आएको बताए । उपनिर्वाचन जिते सरकार निन्द्राबाट ब्युझिएर विकास निर्माणका गतिविधिमा लाग्ने महतको भनाइ थियो ।
फरक प्रसंगमा सहमहामन्त्री महतले सरकारले नेपालका धार्मिक पहिचानमाथि प्रहार गर्न खोजेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एकजुट भएर प्रतिकार गर्ने पनि बताए ।




प्रतिक्रिया