काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । उनी कुराकानी गर्न सक्ने भएका छन् ।
प्रधानमन्त्रीको पेटमा समस्या भएपछि हिजो बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो । ओलीको स्वास्थ्यमा सुधार हुँदै आएपछि उनलाई भेन्टिलेरबाट बाहिर निकालिएको थियो । त्यस पछि उनी बोल्न सक्ने भएको अस्पतालले जनाएको छ ।
अस्पतालले आज विहान प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा निकालिएको विज्ञप्ती अनुसार उनको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको छ र कुराकानी गर्न सक्ने भएका छन् ।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा चौथो पटक डायलासिस गरिएको छ ।




प्रतिक्रिया