शुल्क फिर्ता नभए अझ ठूलो आन्दोलन हुन्छ, माफियालाई छाड्ने छैनौंः सहसंयोजक तामाङ

शुल्क फिर्ता नभए अझ ठूलो आन्दोलन हुन्छ, माफियालाई छाड्ने छैनौंः सहसंयोजक तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मेडिकल कलेजले लिएको बढी शुल्क एक हप्ताभित्र फिर्ता गरिसक्नुपर्ने बताएका छन् ।

मंगलबार सरकार र निजी मेडिकल कलेजका सञ्चाकहरुबीच बढी शूल्क फिर्ता गर्ने सहमति भएको भएको थियो । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सहसंयोजक तामाङले बढी शुल्क फिर्ता भए नभएकोबारे सरकारले समितिनै बनाएर अनुगमन गर्नुपर्ने बताएका छन् । उनले सहमितिसँगै अब मेडिकल कलेजलाई विभिन्न अनुचित शीर्षक राखेर रकम असुल्न नदिने चेतावनी समेत दिएका छन् ।

‘अब सरकारले एउटा अनुगमन टोली बनाएर शुल्क फिर्ता भए, नभएको अनुगमन गर्नु पर्दछ’, तामाङले भने, ‘मेडिकल कलेजहरुले बिना बहानाबाजी, सरकारले तोकेको शुल्क बाहेकको रकम एक हप्ता भित्र फिर्ता गरिसक्नु पर्छ । कुनै पनि अनुचित शीर्षक खडा गरि शुल्क असुल्न दिइने छैन ।’

उनले मेडिकल माफियाविरुद्धको आन्दोलनमा अनेरास्ववियु विद्यार्थीको रक्षाकवच बनेर उभिएको दावी समेत गरेका छन् । ‘ मेडिकल माफियाहरुका बिरुद्ध दबाब र खबरदारी मार्फत आन्दोलित हुँदै विध्यार्थीको रक्षाकवच बनेर उभियो,’ उनले भनेका छन् ।

उनले सरकार र कलेजहरुको सहमतिको कार्यान्वयन लागि खबरदारी गर्दै नियमित अध्ययनमा फर्कन, परीक्षाको तयारीमा लाग्न सम्पूर्ण विध्यार्थीहरुलाई आग्रह समेत गरेका छन् ।

उनले सहमतिको भाषा जे भए पनि बढी शुल्क फिर्ता गराउनु नै रहेको भन्दै उनले शढी शूल्क फिर्ता नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिए ।
‘शुल्क फिर्ता नभए अझ ठूलो र निर्णायक आन्दोलन विध्यार्थीहरुको बाध्यता हुनेछ, जसले देशमा कुनै माफियालाई छाड्ने छैन’, उनले भने ।