न्यायालय छोड्नुस् भन्दा प्रधानन्यायाधीस पराजुलीले भने-‘राजिनामा दिन्न बरु बिदामा बस्छु’


काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुली बुधबारदेखि विदामा बस्ने भएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा प्रधानन्यायधीस पराजुलीले विदामा बस्ने बताएका हुन् ।

स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पराजुलीलाई राजीनामा दिन दवाव दिएका थिए ।  तर पराजुली आफुले राजिनामा नदिने बरु विदामा बस्ने जनाएको स्रोतले बताएका छन् ।

भेटमा प्रधानन्यायाधिस पराजुलीलाई ओलीले न्यायलयमा धेरै विवाद चर्किँँदै गरेको अवस्थामा राजिनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

राजिनामा नदिए प्रधानन्यायधिस विरुद्ध सरकारले महाअभियोग लगाइने कुरापछि पराजुली विदामा बस्न तयार भएको स्रोतले जनाएको छ ।

सोमबार सर्वोच्च अदालतमा कान्तिपुर दैनिकको मुद्दामा इजलास बस्नै लाग्दा न्यायाधीश चोलेन्द्रसमशेर जबराले एउटा लिखित वक्तव्य पढ्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भइसकेकाले उनको इजलासमा नबस्ने भनेर बेञ्च बहिस्कार गरेका थिए ।

न्यायाधीश चोलेन्द्रले बेञ्च बहिस्कार गरेको घटनालाई केही वकिलले ‘ठूलो घटना’ भएको भन्दै प्रधानन्यायाधीश पराजुलीले मुद्दाको पेशी तोक्नै नमिल्ने र यसमा संसदको ध्यान जानुपर्ने प्रधानमन्त्री केपी ओलीलाई सुझाएका थिए ।

कान्तिपुर विवादले ठूलो रुप लिँदै गर्दा प्रधानन्यायधिसले न्यायाधिस चोलेन्द्र शमशेर राणालाई अदालतको मानहानी मुद्दा लगाउने तयारी पनि गरेको छ ।

अब सरकार र प्रधानन्यायधिसविचको सहमति कति लागु हुन्छ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement