‘नेपाली पोर्चुगलमा सडकमै सुत्छन्’ शीर्षकमा समाचार आएपछि मानव तस्करहरूमा हङ्गामा

‘नेपाली पोर्चुगलमा सडकमै सुत्छन्’ शीर्षकमा समाचार आएपछि मानव तस्करहरूमा हङ्गामा

सडकमा नेपालीको बास शीर्षकको समाचारबारे सत्यता बुझ्न पोर्तुगलका पत्रकारको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिपेन्द्र श्रेष्ठ 

स्पेन – राष्ट्रिय समाचार समितिले ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ शीर्षकमा समाचार लेखेपछि प्रवासी नेपाली समुदायमै हंगामा भएको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको उक्त समाचारको खण्डन गरेका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको ‘लेटर हेड’मा छाप र मिति विना नै ध्यानाकर्षण नोट जारी गर्दै गैरेले राष्ट्रिय समाचार समितिको उक्त समाचारप्रति एनआरएनए पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘दुईचार जना दुव्र्यसनको शिकार भएका युवाहरु, परिवार एवं समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरी राससजस्तो विश्वसनीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु खेदजनक कार्य भएको हाम्रो ठहर छ,’ गैरेले भनेका छन् ।

यस्तै पोर्चुगलमै केन्द्रित रहेर पत्रकारिता गरिरहेका ७ जनाले गैरेको भनाइकै खण्डन गरेका छन् ।

अध्यक्ष गैरेले पोर्तुगलका लागि रासस प्रतिनिधि भगवान गिरीद्वारा सम्प्रेषित समाचारप्रति अनावश्यक टिप्पणी गर्दै हतारोमा प्रेस विज्ञप्ति निकालेकोमा पोर्तुगलका विभिन्न नेपाली मिडियामा संलग्न पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

एनआरएनएका कुनै पनि पदाधिकारीसँग परामर्श र छलफल नै नगरी गैरेले निकालेको विज्ञप्तिमा सडकमा नेपाली बास बस्ने गरेको कुरा पनि स्वीकारको उल्लेख छ ।

‘यो समाचारपश्चात यस्ता समस्यालगायत सबै खालका विकृति र विसङ्गतिविरुद्ध निरन्तर कलम चलाउनुपर्ने आवश्यकता झनै बढेको छ । एनआरएनए सबैको संस्था हो भन्ने कुराको ख्यालै नगरी संस्थाको लेटरप्याडको दुरुपयोग गर्दै सत्य समाचारमाथि गरिएको हचुवा खन्डन र प्रहार महङ्गो सावित हुने निश्चित छ । एनआरएनए पोर्तुगल बेलैमा नसच्चिए पत्रकार र एनआरएनएबीच द्वन्द्व बढ्ने देखिन्छ,’ विज्ञप्तिमार्फत नमस्ते नेपाली डट कमका सम्पादक योगेन्द्रमिलन छन्त्याल, वर्ल्ड नेपाली डट कमका सम्पादक राजकुमार थापा, भ्वाइस अफ नेपाल डट टिभीका सह–सम्पादक सुरेश जोशी, खसोखास डटकमका पोर्तुगल सम्पादक हरिकृष्ण पन्थी, पोल्यान्ड नेपाल डटकमका सम्पादक कलश खरेल, रासस पोर्तुगल प्रतिनिधि भगवान गिरी र नेपाल पत्रकार महासंघ प्रस्तावित पोर्तुगल शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले चेतावनी दिएका छन् ।

पोर्तुगलमा रहेका सम्पूर्ण संघ संस्थाका पदाधिकारीहरु, व्यापारी, वुद्धिजीवी र दिदीबहिनी तथा दाजुभाइहरुलाई न्यायिक पक्ष र समाजका विकृति एवं विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्नका लागि विज्ञप्तिमार्फत आव्हान गरिएको छ ।

प्रवासमा पत्रकारहरूको संगठन नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका अध्यक्ष केजिन राईले भने, ‘पत्रकारिता राज्यको चौथो अंग लोकतन्त्रमा प्रेसमाथिको हस्तक्षेप स्विकार्य नभएको त्यस्तो गल्ती एनआरएनएले पटक पटक गर्ने गरेको कहिले पोर्चुगल कहिले स्पेन लगायत ठाउँमा लेख्न पाउने अधिकारलाई कुन्ठित गर्न खोजेकोमा गम्भीर ध्यानाकर्षण कडा शब्दमा सहित घोर भत्र्सना गर्दछौं यस्तो गल्ती सच्याउन चेतावनी दिन चाहन्छौं,’ अध्यक्ष राईले भने ।