काठमाडौँ – केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त ?
अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन् । सङ्कटा मन्दिरमा दर्शन गर्न आउनुभएको रश्मि अधिकारी (नाम परिवर्तन) ले पनि आफ्नो छोरालाई दुई थप्पड लगाउनुभयो । त्यसपछि बालकको नाकबाट रगत बग्न थाल्यो । सँगैको मेडिकल पसले सुरेश कार्कीले कपास दिनुभयो र आमालाई सम्झाएर पठाउनुभयो ।
कार्की भन्नुहुन्छ, ‘‘आमाले पिटेका बेला नाकमा परेको हुनसक्छ, त्यसैले रगत बगेको हो ।’’ यसरी रिसमा आफ्ना बालबालिकालाई पिट्दा जता पनि पर्न सक्ने भएकाले यस्तो नगर्न सुझाव दिनुहुन्छ । बच्चाले दुःख दिएकाले पिटेको प्रतिक्रिया दिँदै अधिकारीले भन्नुभयो, ‘‘विस्तारै गरे जस्तो लागेको थियो रगत नै आयो अबदेखि कहिले पिट्दिनँ, म त धेरै डराएकी छु ।’’ यो त एउटा प्रत्यक्ष देखिएको घटना मात्र हो । यस्तो घटना धेरै घरघरमा भइरहेको हुन्छ ।
‘‘बालबालिकालाई अनुशासित बनाउने बहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो,’’ मनोविश्लेषक बासु आचार्यले थप्नुहुन्छ, ‘‘बच्चालाई सही बाटोमा डोहो¥याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिँदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानि, तनाव पैदा गर्छ ।याे समाचार गाेरखापत्रमा छ ।




प्रतिक्रिया