काठमाण्डु – चार महिना नौ दिनपछि विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपति फेरि भेट्दै छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच १४ मे २०२६ मा भेटवार्ता भएको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा गएका थिए ।
यसपटकको फरक यति हो कि चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत वासिङ्टनमा हुनेछ । उनी २३ देखि २५ सेप्टेम्बर २०२६ सम्म अमेरिकाको राजकीय भ्रमणमा रहनेछन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका जाँदै छन् ।
दुवै राष्ट्रपतिबीचको मुख्य भेटवार्ता २४ सेप्टेम्बरमा वासिङ्टनमा हुनेछ ।
चीनको विदेश मन्त्रालयका अनुसार दुवै नेताले अमेरिका–चीन सम्बन्धसँग सम्बन्धित महत्त्वपूर्ण विषयका साथै विश्व शान्ति र विकाससँग सम्बन्धित मुद्दामा विस्तृत छलफल गर्नेछन् । यद्यपि भेटवार्ताको पूर्ण र विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन ।
विज्ञहरूका अनुसार चीनका राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्प यस्तो समयमा भेट्दै छन्, जतिबेला विश्वमा दुईवटा युद्ध चलिरहेका छन् । दुई देशबीच ट्यारिफलाई लिएर अहिले पनि मतभेद छन् । एआई पनि एउटा महत्त्वपूर्ण मुद्दा बनेको छ । अमेरिका र ताइवानबीच रक्षा सामग्रीसँग सम्बन्धित करिब १२–१४ अर्ब डलरको सम्झौता पनि हुँदै छ, जसलाई चीनले चाहेको छैन ।
यस भेटवार्तामा इरानका विषयमा पनि छलफल हुन सक्छ । चीन र इरानबीच रणनीतिक साझेदारी छ । रूस पनि वार्ताको महत्त्वपूर्ण विषय बन्न सक्छ, किनकि चीनले आफ्नो ऊर्जा आवश्यकताको केही हिस्सा रूसबाट पूरा गर्छ । त्यसैले यो भेटवार्तापछि केही महत्वपूर्ण विषय बाहिर आउन सक्ने अपेक्षा गरिएको छ ।
इरानसँग चीनको राम्रो सम्बन्ध छ । राष्ट्रपति ट्रम्पले इरानसँग पुनः वार्ता गर्न चाहेको संकेत गरेका छन् । यस्तो अवस्थामा चीनले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यस भेटवार्तामा स्ट्रेट अफ होर्मुजमा उत्पन्न गतिरोधका विषयमा पनि छलफल हुन सक्छ । यदि चीनको मध्यस्थतामा यो मार्ग खुलाउन सकियो भने त्यो ठूलो उपलब्धि हुने बताइएको छ ।
एक रिपोर्टअनुसार अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूले एआईसँग सम्बन्धित घटनाबारे एक–अर्कालाई जानकारी गराउने नयाँ व्यवस्था बनाउने विषयमा छलफल गरेका छन् । यो व्यवस्था त्यस्ता घटनाका लागि हुनेछ, जसले कुनै देशको सुरक्षामा असर पार्न सक्छ ।
पछिल्ला केही दिनदेखि एआईलाई लिएर व्यापक चर्चा भइरहेको छ । अनुसन्धानकर्ताहरूले यो प्रविधिबाट हुन सक्ने सम्भावित जोखिमबारे चेतावनी दिएका छन् । एआई उद्योगसँग सम्बन्धित केही चर्चित व्यक्तिहरूले पनि एआई विकास गर्ने कम्पनीहरूलाई थप सावधानी अपनाउन आग्रह गरेका छन् ।
रिपोर्टअनुसार विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबी
ट्यारिफ युद्धलाई लिएर भएको सम्झौता १० नोभेम्बरमा समाप्त हुँदै छ । यद्यपि, अमेरिका र चीनबीच एआई तथा प्रविधिको क्षेत्रमा अगाडि बढ्ने होड पनि चलिरहेको छ ।
अमेरिका चीनले इरानमाथि रहेको आफ्नो प्रभाव प्रयोग गरोस् भन्ने पनि चाहन्छ । यो भेटवार्तामा व्यापार सबैभन्दा महत्वपूर्ण विषय हुन सक्छ । अमेरिका र चीनबीच ट्यारिफ सीमित राख्ने हालको व्यवस्था १० नोभेम्बरमा समाप्त हुँदै छ र त्यसलाई निरन्तरता दिने विषयमा अहिलेसम्म सहमति भएको छैन ।
यसका साथै चीनबाट प्राप्त हुने रेयर अर्थ खनिजको आपूर्ति, अमेरिकी कृषि उत्पादन तथा बोइङ विमानको खरिद, फेन्टानिल बनाउन प्रयोग हुने रसायनको नियन्त्रण तथा ताइवानलाई अमेरिकी हतियार बिक्रीका विषयमा पनि छलफल हुन सक्छ ।




प्रतिक्रिया