पोखरा – पोखरामा शनिबार बिहानै फेरि अर्को बम बिस्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै बम बिस्फोट भएको हो । यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।
बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो। बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया