दाङमा उत्साहजनक रुपमा मतदान जारी, सुरक्षा व्यवस्था कडा

दाङमा उत्साहजनक रुपमा मतदान जारी, सुरक्षा व्यवस्था कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को अध्यक्षका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको छ ।

नेकपाकी प्रदेशसभा सदस्य पदकी उम्मेदवार विमला वलीले पनि दंगिशरण गाउँपालिका वडा नं. ६ स्थित मावि श्रीगाउँ मतदान केन्द्रमा पहिला मतदान गरिन् ।
वलीका श्रीमान उत्तरकुमार वलीको गत साल माघमा भएको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त स्थानमा शनिबार उपनिर्वाचन भएको हो ।
प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३(२)मा पुनः उपनिर्वाचन हुन लागेको हो ।

दाङकै घोराही उपमहानगरपालिका वडा नं. १६ मा पनि वडा अध्यक्ष लक्षिण बुढा मगरको रोगका कारण मृत्यु भएपछि त्यहाँपनि नयाँ वडाअध्यक्ष चुन्नको लागि शनिवार मतदान हुँदैछ । त्यसको लागि ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्दै छन् ।

प्रदेशसभा सदस्य चुन्नको लागि ६८ हजार ७ सय १९ जनाले मताधिकार पाएका छन् भने घोराही १६को वडा अध्यक्ष चुन्न ४ हजार ४ सय ५३ जनाले मतदान गर्नेछन् ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दाङ क्षेत्र नंं ३ (ख) र घोराही उपमहानगरापलिका– १६ मा सौहार्दपूर्ण ढंगले मतदान भइरहेको बताए ।

सुरक्षा व्यवस्था कडा

तीन तहको घेरामा व्यवस्था गरिएको सुरक्षा व्यवस्थाका लागि दुई हजारभन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् ।

निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी जिल्लाको सुरक्षाकर्मीको साथै छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।