कास्की–१६ मा कांग्रेसद्वारा बुथ कब्जाको प्रयास

कास्की–१६ मा कांग्रेसद्वारा बुथ कब्जाको प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान जारी रहेको अवस्थामा कास्की– वडा नम्बर १६ मा बुथ कब्जाको प्रयास भएको छ ।

कांग्रेस पक्षका नेता तथा कार्यकर्ताले बुथ कब्जाको प्रयास गरेका बताइएको छ । यद्यपि, यसबारे निर्वाचन कार्यलयले बुझ्ने काम भइरहेको बताएको छ ।

‘१६ नम्बर वडामा बुथ कब्जाको प्रयास भएको खबर आएको छ । त्यहाँ के भएको हो, हामी बुझ्देछौं’, गण्डकी निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने ।

बुथ कब्जाको प्रयासपछि १६ नम्बर वडाको मतदान रोकिएको छ ।