लमजुङमा बम विस्फोट, मतदाताकाे भागाभाग

लमजुङमा बम विस्फोट, मतदाताकाे भागाभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला बम विस्फोट भएको हो ।

मतदाता तर्साउन अज्ञात समूहले मतदान केन्द्रको डेढसय मिटर पर टाइम बम विस्फोट गराएको हो । ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरुकाे भागाभाग भएकाे थियाे । अहिले भने मतदान जारी छ ।