ओलीलाई स्वास्थ्यलाभको कामना : प्रधानमन्त्रीज्यू ! तपाँईले अझै दश वर्ष देश हाँक्न जरुरी छ

ओलीलाई स्वास्थ्यलाभको कामना : प्रधानमन्त्रीज्यू ! तपाँईले अझै दश वर्ष देश हाँक्न जरुरी छ

प्रधानमन्त्री ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ ।

केपी शर्मा ओली डटकमडटएनपीमा गएर प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकोले वेवसाइटबाट आफ्ना भावना प्रकट गर्न सकिने उल्लेख गरेका छन् ।

‘धेरै महानुभावहरूले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाप्रति चासो राख्नु भएको छ । भेटेरै शुभेच्छा व्यक्त गर्न चाहनुभएको छ । तसर्थ शुभेच्छा प्रकट गर्न चाहनेहरूले आफ्नो भावना http://kpsharmaoli.com.np/ मा पोस्ट गर्न सक्नुहुनेछ,’ रिमालले ट्वीट गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् स्वास्थ्यलाभको शुभकामना दिनेहरूलाई गत बिहीबार धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अझै कम्तीमा हप्ता दिन अस्पतालमा बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् । साथै प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्नुपर्ने भन्दै मृगौला दाताको खोजी भएको छ ।

प्रधानमन्त्रीलाई विभिन्न देशमा रहेकाहरूले स्वास्थ्यलाभकाे कामना गरेका छन् । गगनले प्रधानमन्त्री ओलीले अझै १० वर्ष बाँच्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूकाे स्वास्थ्यलाभकाे कामना । तपाँईले अझै दश वर्ष देश हाँक्न जरुरी छ देशलाई तपाईको खाँचो छ चाँडै ठीक भएर काममा फकनुहोस शुभकामना ।’

अधिवक्ता तथा पत्रकार गणेश ओलीले लेखेका छन्, ‘रोगले गलेपनी चिन्ता देशको, जोस अनि आत्माविस्वास, चट्टानी अडान, राष्ट्रप्रेम, देशको अघि पद केही होइन भन्ने उच्च भावना र आत्माबिश्वास प्रति नतमस्तक छु । सिघ्र स्वास्थ्य लाभको कामना प्रम ज्यु ।’

बिष्णु बबहादुर रोकाले भारतबाट लेखेका छन्, ‘सम्मननिय प्रमलाई स्वास्थ्य लाभको कामना छ । देश नेपाललार्इ उहाँको अत्यन्तै खाँचो छ । उहाँलाई पुर्ण रुपमा निको होस भन्न चाहान्छु ।’

संगिता न्याैपाने लेख्छिन्, ‘अझै दस बर्ष खाँचो छ यो देशको लागि हजुरजस्तो साहशिक नेतृत्वको भन्दै सम्माननिय प्रधानमन्त्रीज्यूको सिघ्र स्वास्थ लाभको कामना गर्दछु??? ।’