पोखरा – कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा दिउँसो साढे दुई बजेसम्म ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारीअनुसार ७० प्रतिशतसम्म मत खस्ने अनुमान छ ।
उमेदवारहरूले पनि आफ्नो मतदान केन्द्रमा पुगेर भोट हालेका छन् । नेकपा उमेदवार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरीस्थित शान्ती उदय माविमा मतदान गरिन् ।
साझा पार्टीकी रजनी केसीले पोखरा ४ को नविन मावि मतदान केन्द्रबाट मतदान गरिन् । समाजवादी पार्टीका धर्मराज गुरुङले साँझ ४ बजेपछि मतदान गर्ने बताएका छन् । कास्की २ मा २१ जना उमेदवार चुनावी मैदानमा छन् ।




प्रतिक्रिया