काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्याजको भाउ घटाउन सरकारसँग माग गरेका छन् ।
शनिवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै कम्तीमा पनि प्याजको भाउ घटाउन शर्माले आग्रह गरेका हुन् । शर्माले नेपालमा सत्तारूढ नेकपाको हातमा सरकारी बन्दुक, विद्रोही नेकपाको हातमा विद्रोही बन्दुक रहेको र मतदानस्थलमा बम आतंक रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
‘एउटा नेकपाको हातमा सत्ताको बन्दुक,अर्को नेकपाको हातमा विद्रोहको बन्दुक,’ ट्वीटरमा शर्माले लेखेका छन्, ‘मतदान स्थलमा बम आतंक । नारा विश्वभरिका मजदुर एक हौं ! विश्वको छाड,दुई मिल । शान्ति नभत्काउ । कम्तीमा प्याजको भाउ घटाउ । नेपालका मजदुरको धन्यवाद ग्रहण गर । जय नेपाल ।’




प्रतिक्रिया