रामेछापको उमाकुण्ड गाउँपालिका ५ मा नेकपा उम्मेदवार बस्नेत विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका ५ मा नेकपा उम्मेदवार बस्नेत विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् । उनले ७ सय ६९ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका प्रतिद्ध्नदी नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारले ३ सय ८० मत पाएकी थिइन् । कुल १ हजार १ सय ७३ मत खसेकोको थियो ।
निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार राजकुमार सुनुवारले १० मत प्राप्त गरेका थिए भने राप्रपा संयुक्तका उम्मेदवार हर्कबहादुर तामाङले मात्र ७ मत प्राप्त गरेका थिए ।

यो वडाका तत्कालीन वडाध्यक्ष कुवेर खत्रीको डेड वर्षअघि निधन भएको थियो । खत्रीको निधनपछि रिक्त पदपूर्तिका लागि शनिबार यहाँ उपचुनाव भएको हो ।