कांग्रेसलाई पछि पार्दै पोखरामा विद्या भट्टराई ३७०४ मतले अगाडी

कांग्रेसलाई पछि पार्दै पोखरामा विद्या भट्टराई ३७०४ मतले अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा सत्तारूढ दल नेकपाले अग्रता लिएको छ ।

शनिबार सम्पन्न उपनिर्वाचनमा पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा उम्मेदवार विद्या भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् ।

प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९५ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।

वडा नम्बर ३३ को मत गणना हुँदा विद्याले ३ हजार २ सय मत ल्याएकी थिइन् । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका थिए । २१ को मत गणना सकिँदा विद्याले झन् अग्रता बढाएकी हुन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । उक्त वडामा ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।