धरानमा कांग्रेसले नेकपालाई ४३४ मतले उछिन्यो

धरानमा कांग्रेसले नेकपालाई ४३४ मतले उछिन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – धरान उपमहानगरपालिकाको चुनावमा नेपाल कम्युनिस्ट पार्टीलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका हुन् । सुरुवातमा नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन् ।

हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ । नेकपाले ६ हजार ४२३ मत ल्याएको छ । वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ ।