दाङमा नेकपाकी उम्मेवार बिमला वलीको अग्रता कायमै

दाङमा नेकपाकी उम्मेवार बिमला वलीको अग्रता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – शनिबार सम्पन्न भएको उपनिर्वाचनमा दाङ क्षेत्र नं ३ (ख) मा नेकपाकी उम्मेवार बिमला वलीले अग्रता कायमै राखेकी छन् ।

छिल्लो मतपरिणाम अनुसार नेकपा उम्मेदावार बिमला वलीले ७५०२ मत पाएकी छन् । नेपाली कांग्रेसका केशव राज शर्माले ५३५७ मत प्राप्त गरेका छन् ।

मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए । मत गणना जारी छ ।