काठमाडौं – पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो।
‘पश्चिमी वायुले धुवाँ र धुलोलाई बढारेर उपत्यकाको मौसमलाई आइतबार सफा बनाइदिएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्। जाडो याममा बढ्दो प्रदूषण राजधानीको विशेषता नै हो। यो समयमा उपत्यकाको तापक्रम घट्दै जाँदा धुवाँ–धुलोले प्रदूषण बढाउँछ।
राजधानीका विभिन्न स्थानमा जडान गरिएका सात वटा प्रदूषण मापन स्टेसनमध्ये अमेरिकी दूतावासले स्थापना गरेको दुई स्टेसनले वायुको गुणस्तरको सूचकांक अर्थात एयर क्वालिटी इन्डेक्स (एक्वा)लाई आइतबार अद्यावधिक गरेका छन्। तिनले वायु प्रदूषणको स्तरलाई मोडरेटू अर्थात स्वास्थको लागि त्यति धेरै असर नपर्ने मध्यमस्तरमा ओर्लेको देखाएका छन्। याे समाचार नागरिक दैनिकमा छ ।




प्रतिक्रिया