बागलुङमा जनमोर्चाका खिमविक्रम शाही विजयी

बागलुङमा जनमोर्चाका खिमविक्रम शाही विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ  – बागलुङ जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ गण्डकी प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे। आइतबार दिउसो १२ः४० बजेदेखि शुरुभएको मतगणना सोमबार विहान १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक भएको हो ।

शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका जीत शरचनले ९ हजार १३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

समाजवादी पार्टीका अशोककुमार विकले ३१६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७ मत ल्याएका थिए । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५ तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरे। यस्तै ३१६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १८४ रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको छ । गत चुनावमा कुल मतदाता संख्याको ६५ प्रतिशत मत खसेको यस क्षेत्रमा अहिले ६१ प्रतिशत मात्र मत खसेको हो ।