महाअभियोगको सुनुवाईमा ट्रम्प सहभागी हुन मानेनन्

महाअभियोगको सुनुवाईमा ट्रम्प सहभागी हुन मानेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बिरुद्धमा आएको महाअभियोग प्रस्तावमा बुधबार हुने सुनुवाईमा सहभागिता नजनाउने उनका वकिलले बताएका छन् ।

ह्वाइट हाउसका वकिल प्याट सिपोलोनले प्रतिनिधि सभाको न्यायीक समितीमा डेमोक्याट अध्यक्ष जेरी नेडलरलाई आइतबार एक पत्र लेख्दै भनेका छन्, ‘अहिलेसम्म पनि साक्षीको नाम नबताइएइको र न्यायीक समितीले अतिरिक्त सुनुवाईको माध्यमबाट निष्पक्ष प्रक्रिया पालन गर्ने विषयमा अझैसम्म अस्पष्ट रहेकाले हामीबाट सुनुवाईमा भाग लिने आशा छैन ।’ ‘विद्यमान परिस्थितिका अनुसार हाम्रो बुधबार हुने सुनुवाईमा भाग लिने इच्छा रहको छैन,’ उनले भने ।

२०२० को राष्ट्रपति चुनावमा सम्भावित प्रतिद्वन्द्वी जो बिडेन समेत घरेलु प्रतिद्वन्द्वीको छवि खराब गर्नका लागि युक्रेनबाट गैरकानुनी रुपमा सहयोग मागेको आरोप ट्रम्पमाथि लागेको छ । सदनको न्यायीक समितीले बुधबार जाँचमा समावेश गरिएको प्रमाण राजद्रोह, घुस वा अन्य उच्च अपराध तथा खराब आचणरको आधारमा संवैधानिक रुपमा महाअभियोग लगाउने मानकलाई पुरा गर्छ वा गर्दैन भन्ने विषयमा सुनुवाई गर्नेछ ।