उपनिर्वाचनको क्षतिपूर्ति परिणाममुखी काम गरेर मात्रै हुन्छ, काइते तर्कले होइन : विष्णु रिजाल

उपनिर्वाचनको क्षतिपूर्ति परिणाममुखी काम गरेर मात्रै हुन्छ, काइते तर्कले होइन : विष्णु रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टीका लागि उपनिर्वाचन सुखद् नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता रिजालले पहिले जितेका भक्तुर र धरानमा पार्टीले पराजय भोगेपछि उनले उपनिर्वाचन नेकपाका लागि क्षतिपूर्ण भएको निष्कर्ष निकालेका हुन् ।

रिजालले दाङ र कास्कीको विजयमा सहानुभूतिले पनि काम गरेको निष्कर्ष निकाल्दै लेखेका छन्, ‘नेकपाका लागि उपनिर्वाचन सुखद् रहेन । दाङ र कास्कीमा भावना र सहानुभूतिले पनि काम गरेको छ, भक्तपुर र धरान फुत्किएका छन् । एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेदवार चयन जस्ता कारण छन् । समय छ, परिणाममुखी काम गरेर मात्रै क्षतिपूर्ति हुन्छ, काइते तर्कले होइन ।’

एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेदवार चयन जस्ता कारणले पार्टीले पराजय भोग्नु परेको दावी गर्दै उनले उपनिर्वाचनको क्षतिपूर्ति गलत तर्कलेभन्दा परिाणममुखी कामले हुने बताएका छन् ।

शनिबार सम्पन्न उपनिर्वाचनमा नेकपाले यसअघि जितेका भक्तक्तपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क), धरान उपमहानगरपालिका, प्रचण्डको निर्वाचन क्षेत्रका दुई वडामा समेत नेकपा पराजित भएको छ ।