केपी ओलीपछि राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीः विश्लेषक शौरभ

केपी ओलीपछि राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीः विश्लेषक शौरभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एक जना राजनीतिक विश्लेषकले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री बन्ने बताएका छन् । विरामी भएर अस्पतालमा उपचाररत केपी शर्मा अ‍ोली पदबाट हटेको अवस्थामा राष्ट्रपति भण्डारी प्रधानमन्त्री बन्ने दाबी ति विश्लेषकले गरेका छन् । राजनीतिक विश्लेषक तथा स्तम्भकार शौरभले भण्डारी राष्ट्रपतिबाट झरेर प्रधानमन्त्री बन्ने दाबी गरे ।

उनले एक टेलिभिजनसँग कुरा गर्दै भित्रभित्र भण्डारी प्रधानमन्त्री बन्ने चर्चा भएको बताए । स्तम्भकारले कसले भन्यो ? भन्ने प्रश्नमा उनले भने, ‘भित्रभित्र यस्तो चर्चा छ । पूर्वमाओवादीभित्रबाट सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन लबिङमा छन् ।’

केपी ओलीपछिको उत्तराधिकारी पुष्पकमल दाहाल प्रचण्ड भए पनि उनले भित्र–भित्र भने भण्डारीको चर्चा रहेको उल्लेख गरेका छन् । उनले भण्डारीपछि प्रचण्डलाई नहेरी इश्वर पाखरेलको नाम चर्चामा रहेको बताए ।

‘सर्कलभित्र यो किन चर्चामा रहेको छ भने विदेशी शक्तिलाई यो दुईवटै काँधमा नयाँ पात्र पनि भयो । अरुले पर्फमेन्स देखेको छैन्’, उनले भने, ‘अरु पात्रको पर्फमेन्स देखेको छ । हतपत लाइक गरिहाल्दैन । यो पात्रको पर्फमेनस देखेको छैन् । झट्ट पचाइ पनि हाल्छ । तर, अरुलाई फेरी पनि काँधमा बन्दुक राखेर घुँडा ताक्न सजिलो हुन्छ ।’

उनले कालापानी सीमा विवादलाई अन्तराष्ट्रियकरण नगरौं भन्ने अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि सामथ्र्य नभएको बताए । उनले प्रधानमन्त्री ओली अहिलेसम्म उच्च बनोबलले जिवित रहेको बताए ।

‘विल पावर उहाँको सर्वोत्तम औषधि हो । विल पावर उहाँको आत्मा हो । उहाँ प्रधानमन्त्री भएर मात्र जिवित हुनुहुन्छ । किनभने बोलिले मात्र भए पनि शक्ति सञ्चालन हुन्छ । आफ्नो विल पावरको प्राक्टिकल रिजल्ट हुन्छ । उहाँ प्रधानमन्त्रीबाट हट्नु भयो भने पुथ्वीमा धानिन गाह्रो छ । उहाँ प्रधानमन्त्री भइरहनु वेश छ’, उनले भनेका छन् ।