चुनावी एजेण्डामाथि खरो उत्रिन्छु : मेयर राई

चुनावी एजेण्डामाथि खरो उत्रिन्छु : मेयर राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेय तिलक राईले बुधबार औपचारिक जिम्मेवारी लिएका छन् । गत शनिबार सम्पन्न उपमहानगरपालिकाको उपनिर्वाचनमा निवाचित भएका राईले बुधबार उपमहानगरपालिकामा औपचारिक पद ग्रहण गरेका हुन् ।

सोही क्रममा पत्रकारसँग कुरा गर्दै मेयर राईले भ्रष्टचारमुक्त गरि समृद्ध धरान निर्माणमा आफू लागिपर्ने प्रतिवद्धता जनाउँदै उनले चुनावी प्रचारप्रसारको समयमा बनाइएका चुनावी एजेण्डालाई अक्षरस पालना गर्ने बताए । ‘चुनावी एजेन्डका वस्तुमाथि खरो रुपले उत्रिन्छु । तर त्यसमा स्थानीयको दरो सहयोग रहनुपर्छ,’ उनले भने ।

उनले धरानको बसपार्क निर्माण, विमानस्थल निर्माणको काम तत्काल अगाडी बढाउने बताए । उनले सर्दु जलाधारको संरक्षण गरि अधुँरो रहेको खानेपानी आयोजनाको चाँडै सम्पन्न गरि धरानवासीलाई प्रर्याप्त खानेपानी उपलब्ध गराउने बताए ।

मेयर राईले धरानमा यस अगाडी गरिएका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा कामलाई सुधार गर्दै अगाडी बढाइने बताए । उनले यस अगाडिका जनप्रतिनिधिले वृद्धि गरेको कर लाई घटाउने बताए ।