काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा संघ बाग्लुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। सुनारको साथबाट विप्लव समूहका पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।
प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ।’ सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।




प्रतिक्रिया