काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो डिस्चार्ज गरिएको हो ।
डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी थिइन् ।
यसैबीच प्रधानमन्त्री ओलीले डिस्चार्जका क्रममा स्वास्थ्यमा सुधार भएर घर जान लागेको बताए । साथै उनले स्वास्थ्यमा सुधार आएर डिस्चार्ज भएकेा प्रतिक्रिया दिए ।




प्रतिक्रिया