बुढानिलकण्ठमा देउवा र प्रचण्डको भेटवार्ता

बुढानिलकण्ठमा देउवा र प्रचण्डको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बिहिबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

बुधबार साँझ नेकपा अध्यक्ष प्रचण्डले फोन गरेर देउवालाई भेट्न आग्रह गरेपछि देउवाले उनलाई निवासमा भेट्न बोलाएका हुन् । बिहान सवा नौ बजेतिर बूढानीकलण्ठ पुगेका दाहाल र देउवाबीच झन्डै आधा घण्टा छलफल भएको छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

१२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा ‘एक्ला एक्लै’ गोप्य भेटवार्ता भएको थियो । त्यसयता यी दुई नेताबीचमा यसरी छुट्टै भेटघाट भएको थिएन ।

तर बिहीबार बिहानको भेट भने सत्ता र प्रतिपक्षका मुख्य नेताबीचको सामान्य शिष्टाचार निर्माण (सम्बन्ध सुदृढीकरण) का लागि मात्र भएको नेता लेखकले बताए । ‘पार्टीको काम हेर्ने गरी कार्यकारी अधिकार पार्टीले दिएपछि तपाईं (देउवा) सँग भेटघाट गरौं, राष्ट्रिय मुद्दामा सहकार्य ग¥यौं ।

छलफल/भेटघाटलाई बाक्लो बनाऊँ भन्ने उद्देश्यले छलफलका लागि म तपाईं कहाँ आएको हुँ’, प्रचण्डले देउवासँगको भेटमा भने । देउवाले पनि दाहाललाई पार्टीको कार्यकारी जिम्मा पाएकोमा बधाई दिएका थिए ।