०७९ सालको निर्वाचनको तयारीमा जुट्यो विवेकशील

०७९ सालको निर्वाचनको तयारीमा जुट्यो विवेकशील

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विवेकशील नेपालीले २०७९ सालमा हुने आमनिर्वाचनको तयारी थाल्ने सुरु गर्ने भएको छ । मंसिर १४ मा सकिएको उपनिर्वाचनको समीक्षा गर्न बसेको बैठकले आगामी निर्वाचनको तयारी अहिलेदेखि नै सुरू गर्ने निर्णय गरेको हो ।

पार्टीका नीति सचिव संजिव भट्टराईले बिहिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले यसै समीक्षासँगै २०७९ को निर्वाचनको तयारी थाल्ने निर्णय गरेका छौं। हामी २०७६ भित्र नै हाम्रो सङ्गठनको सम्पूर्ण प्रादेशिक सम्मेलन गर्दै अझ चुस्त सङ्गठनसहित अघि बढ्नेछौं ।’

पार्टीको नीति र रणनीतिमासमेत व्यापक छलफल गर्दै अझ स्पष्ट ढंगले अघि बढ्ने निर्णय भएको उनले उल्लेख गरेका छन् ।