सेना समायोजन र हतियार व्यवस्थापनमा सरकार सफल भयोः अध्यक्ष प्रचण्ड

सेना समायोजन र हतियार व्यवस्थापनमा सरकार सफल भयोः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी समायोजन ’हात्ती छिर्यो, पुच्छर अड्क्यो’ जस्तो भएको बताएका छन् ।

शुक्रबार सुदुरपश्चिम वित्तीय मेलाको उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले कर्मचारी समायोजन नभएकाले संघीयता कार्यान्वयनमा समस्या परेको बताएका हुन् ।

‘कर्मचारीहरु संघमा मात्रै बस्न चाहान्छन्, प्रदेश र स्थानीय तहमा जानै मान्दैनन्’, उनले भने, ‘पुरानो लेयरमा काम गरेका कर्मचारीलाई सम्माजनक बिदा गर्ने अवस्था पनि छैन ।’

राजनीतिक दलहरुसँगको समहतिमै बनाएको संविधान कार्यानवयनमा समेत कर्मचारी समायोजनले समस्या सिर्जना गरेको उनको भनाई छ । कर्मचारीलाई आफ्नो जिम्मेवारीको बिषयमा जानकारी गराउन राजनितिक दलका नेता आफैँ अनपढ भएकाले समस्या भएको उनले जिकिर गरे ।

अहिलेसम्म संघीय लोकतान्त्रिक व्यवस्था, सेना समायोजन, हतियार व्यवस्थापन, शान्ति समायोजन लगायतको बिषयमासमेत सरकार सफल भएको उनले प्रष्टाए । जनताले दुईतिहाइको बहुमतको अधिकार दिँदासमेत सरकार कर्मचारी समायोजनमा चुकेको उल्लेख गरे ।

‘सिंहदरबारको अधिकार ल्याउने लक्ष्यका साथ सरकार लागेको बेलामा आफैँले गरेको निर्णय असफल बनाउनतिर लागेको जस्तो लाग्छ’, उनले भने, ‘संघीयता कार्यान्वयनमा कुन कार्यालय कता, कुन कार्यालय कता पुगेका छन् । त्यसैले गर्दा कर्मचारी समायोजनमा हामीले मुख्य प्राथामिकता दिनुपर्छ ।’