सीमा विवाद टुंग्याउन उच्चस्तरीय पहल गरेका छौं : मन्त्री पोखरेल

सीमा विवाद टुंग्याउन उच्चस्तरीय पहल गरेका छौं : मन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेरले लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा नेपाल सरकारले कूटनैतिक र राजनैतिक तवरबाट उच्चस्तरीय पहल गरिरहेको जानकारी दिए ।

मन्त्री पोखरेलले सरकारको तर्फबाट औपचारिक रुपमा सीमा विवादको विषयमा भारत सरकारलाई अनुरोध पत्र पठाइसकिएको जानकारी दिए ।

‘हाम्रो पोजिसन ’ को बारेमा जानकारी दिएर भारत सरकारलाई औपचारिक रुपमै अनुरोध गरिएको छ,’ उनले भने, ‘भारतसँग कुनै समय माग नगरिकन सीमाका विषयमा तत्काल जानकारी दिन आग्रह गरिएको हो ।’