काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बेठक त्यसयता बस्न सकेको छैन् । प्रधानमन्त्री अोली अस्वस्थ भएपछि बैठक बस्न नसकेको हो ।
सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ । ओली १० दिन अस्पतालबाट डिस्चार्ज भएर बिहीबार बालुवाटार फर्केका थिए । उनले हिजोबाट राजनीतिक भेटघाट सुरु गरेका छन् ।
चिकित्सकहरुले केही दिन आराम गर्न सुझाएपछि उनले केही दिन बालुवाटार निवासमै बसेर आराम गरेका थिए ।




प्रतिक्रिया